मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

०८२ को मंसिर भित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हाल उठिरहेको महाधिवेशनसम्बन्धी बहसबारे टिप्पणी गर्दै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने स्पष्ट माग डा. शेखर कोइरालाले मात्र गरेको दाबी गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिको आठौं परिषद् सभालाई विराटनगरमा सम्बोधन गर्दै उनले भदौ २२ गतेअघिसम्म केन्द्रीय समितिमा कसैले महाधिवेशन समयमै गर्नुपर्ने कुरा नउठाएको र पदावधि बढ्ला कि भन्ने आशामा सबै मौन बसेको बताए ।

जेनजी आन्दोलनपछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे । गुरुङले सिंहदरबारसहित संरचना जलाउने तत्त्वलाई जेनजी आन्दोलनसँग जोड्नु गलत भएको उल्लेख गर्दै देशमा अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको दाबी गरे । उनले २०६२ सालअघि ग्रामीण जीवनका कठिनाइ स्मरण गर्दै पछिल्ला वर्षमा सडक, टेलिफोन र पूर्वाधार विकास भए पनि नकारात्मकता मात्र फैलाउनेहरू सक्रिय रहेको बताए ।

वर्तमान निर्वाचन प्रणालीले देशलाई निकास नदिने भन्दै उनले संविधान संशोधन नगरी निर्वाचनमा जान नहुने तर्क प्रस्तुत गरे । जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको र यस्तो अवस्थामा निर्वाचन सम्भावना न्यून रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।

यसैबीच, कांग्रेस–सम्बद्ध एनटियुसीले कात्तिक २१–२२ को बैठकपछि १६ बुँदे धारणा सार्वजनिक गरेको र विराटनगरमा राष्ट्रिय भेला आयोजना गरेर ट्रेड युनियन अधिकार खोस्ने प्रयास भए एनटियुसी अग्रसर हुने चेतावनी महासचिव अजयकुमार राईले दिएका छन् । उनले विदेशमा रहेका श्रमिकले आफ्नो कार्यस्थलबाटै आगामी निर्वाचनमा मताधिकार पाउनुपर्ने मागसमेत राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार