मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

नवलपरासीमा राप्रपाको जिल्ला अधिवेशन: लिङ्देनद्वारा राष्ट्रिय सहमतिमा जोड

Ujyalosandeshonline 12455+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रिय हित र मुलुकको विद्यमान समस्या समाधानका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउनुभएको छ। पश्चिम नवलपरासीमा आयोजित राप्रपा नवलपरासीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश जटिल र असामान्य परिस्थितिबाट गुज्रिरहेकाले सबै दलहरू निषेधको राजनीतिभन्दा माथि उठेर सहकार्य र सहमतिको बाटोमा आउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा राप्रपा उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले नवलपरासीका नेता तथा कार्यकर्ताहरूमा एकता, संगठन र एजेन्डाप्रतिको निष्ठा रहेको उल्लेख गर्नुभयो। यस्तै रामग्राम नगरपालिकाकी नगर उपप्रमुख संझना चौधरीले पार्टीभित्र अग्रजहरूको अनुभव र युवाको ऊर्जालाई समायोजन गर्दै स्वस्थ प्रतिस्पर्धाका आधारमा संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो। अधिवेशनमा प्रतिनिधि सभा सदस्य ताहिर अलि, राप्रपा जिल्ला अध्यक्ष ओमबहादुर सिंह, नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष विक्रम यादव र युवा नेता मनोहर रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सुमिना चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार