मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

साउदी जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

Ujyalosandeshonline 12490+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा एक समारोहको आयोजना गर्दै यूएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो । 

यसअघि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बा, आशिकबाबु चौधरीलगायत रहेको २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । 

नेपालले जेठ २४ गते दशरथ रंगशालामा यूएईको सामना गर्ने तय थियो । तर, एसियन फुटबल महासंघ (एएफसी)ले रंगशाला खेल खेलाउन योग्य नरहेको पुष्टि गरेको थियो । त्यसपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियमा सारिएको हो । 

यूएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ । 

नेपाली टोली :

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड : जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिकबाबु चौधरी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार