मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

महिलाको हत्यामा संलगन युवक पक्राउ

Ujyalosandeshonline 12198+ समाचार ( )
१४ माघ २०८०, आइतबार

विराटनगर । साताअघि झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलनमार्फत् अभियुक्त चन्द्रप्रसाद प्रसाईंलाई प्रहरीले सार्वजनिक गर्यो । माघ ८ गते बिहान अर्जुनधारा–६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्षीया माया कार्की पुलामी मगर मृत भेटिएकी थिइन् ।

अनुसन्धानका क्रममा बिर्तामोड–८ घर भएका ४६ वर्षीय प्रसाईंले ती महिलाको  हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन् ।

‘अवैध शारीरिक सम्बन्ध’ का कारण उनले महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । उनीहरुबीच विवाद भएपछि हात हालाहाल समेत भएको र त्यही क्रममा प्रसाईंले ढुंगाले पटकपटक मगरको टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहारपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने शव बारीमा फ्याँकेर प्रसाईं फरार भएका थिए । खोजीका क्रममा प्रहरीले मगरलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार