मुख्य समाचार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने | बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह | चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त |

नेपाल रेडक्रसको विधान संशोधन तयारी

Ujyalosandeshonline 11913+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन गरिने भएको छ । अध्यक्ष प्रा.सुदर्शनप्रसाद नेपाल बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् । 

रेडक्रसको विधान संशोधन गर्न आवश्यक देखिएकाले गृहकार्य भइरहेको उनले बताए । फागुन मसान्तसम्ममा काम पुरा हुने पनि उनले सार्वजनिक गरे । विद्यामान विधानका व्यवस्थाले पदाधिकारीलाई काम गर्न असजिलो भइरहेको उनको भनाइ छ ।

‘हामी पालिका तहसम्म जानुपर्छ, र पालिका तहसम्म जानका लागि अहिलेको विधान, जुन २ वर्षे कार्यकालका लागि हामीलाई निर्वाचित गरिएको छ । त्यो विधानमा त्यो कुरा उल्लेख छैन । विधानविपरीत हामी जान सक्दैनौ,’ उनले भने, ‘विधानलाई त्यसैकारण परिमार्जन, व्यवस्थित र संशोधन गर्न गर्नुपर्छ भन्ने दिशातर्फ हामी उन्मुख छौ । अब आउने विधानमा त्यो कुराहरुलाई हामीले समावेश गरेर समावेशी, जुनियर, महिलादेखि लिएर सरकारका कुराहरुदेखि लिएर धेरै कुराहरुमा परिमार्जन गर्नुपर्ने छ र त्यो कुरा गर्न हामी अग्रसर हुँदैछौ र फागुन मसान्तसम्ममा सम्पन्न हुन्छ ।’ यस्तै, कानुनको मस्यौदाका लागि सरकारले सहसचिवको अध्यक्षतामा ७ सदस्य कमिटी गठन गरेको पनि उनले बताए । 

उनले भने, ‘कानुन हाम्रो हातको कुरा होइन, उच्च सभाबाट पारित भएपछि मात्रै कानुन बन्छ । यसै कारणले कानुनको ड्राफ्टिङका लागि नेपाल सरकारले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत समाज कल्याण तथा संघसंस्था समन्वय महाशाखाको सहसचिव रामकृष्ण लामिछानेको अध्यक्षतामा ७ सदस्य कमिटी गठन भइसकेको छ । त्यसमा नेपाल रेडक्रस सोसाइटीको अध्यक्षको हैसियतले कानून निर्माणमा सहयोग गर्ने छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार