मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विपद्को समयमा निजी हेलिकप्टरको निशुल्क प्रयोगबारे सम्झौता

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने जानकारी दिए । 

त्यस्तै, उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनपर्ने र अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । 

उनले भने,‘काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको उद्दार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने कुरा जुन गर्नुभएको छ । यो अत्यन्त महत्वपूर्ण काम भएको छ । देशको सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा नै छ । काठमाडौं उपत्यका बाहिरको उद्दारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकाँही अपर्यात हुन सक्छ । त्यस्तोबेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने भन्नुभएको छ ।’ 

उनले अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने बताए  । विगतको अनुभव हेर्दा धेरै ठूलो क्षतिबाट नागरिकको र सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ । 

उनले भने,यो हस्ताक्षरसँगै हामीले एउटा राम्रो कामको थालनी गरेको छौं । हामीले विपद्को अत्यन्तै जोखिम भएको भूगोलमा छौं । अहिले त्यसैपनि मनसुनको प्रारम्भ चरणमा छौं । मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ । विगतको अनुभवले पनि के देखाएको छ भने धेरै ठूलो क्षतिबाट नागरिकको सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार