मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मुख्यमन्त्री कडेलले मागे दातृसंस्थाहरुको सहयोग

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरु संचालन गर्न दातृसंस्थाहरुलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको भ्रमणमा रहेकी यूरोपेली यूनियनको नेपालस्थित राजदुत भेरोनिक लोरेन्जासँग शुक्रबार आफनै कार्यकक्षमा भेटदै मुख्यमन्त्री कडेलले संघीयताको प्रमुख आधार भनेको प्रदेश संरचना भएकोले प्रदेश संरचनालाई बलियो र गतिशिल बनाउने गरि आफना कार्यक्रमहरु संचालन गर्न राजदुत लोरेन्जालाई आग्रह गरेका हुन् । 

तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरुले प्रदेश सरकारसँगको समन्वयमा ध्यान नदिएको आफूले पाएको बताउँदै मुख्यमन्त्री कडेलले  राजदुत लोरेन्जासँग भने, ‘तपाईहरु जस्तो संघीयताको पैरबी गर्ने अन्र्तराष्टिय संस्थाले प्रदेश संरचनालाई बलियो बनाउने गरि  सहकार्य बढाउने नीति बनाउनुहोस, हाम्रो पूर्ण सहयोग रहन्छ ।’

यूरोपियन यूनियनको कर्णालीका विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेकोमा प्रदेश सरकारको तर्फवाट धन्यवाद दिदै मुख्यमन्त्री कडेलले सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिनसक्ने गरि परिणाममुखी बनाउन जनप्रतिनिधिमूलक संस्थासँग समन्वय गर्न आग्रह गरे । ‘कर्णालीमा तपाईहरुले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ, मुख्यमन्त्री कडेलले भने, ‘हाम्रो चासो तपाईहरुले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्ने होस हो।’

यूरोपियन यूनियन अन्र्तगतका कतिपय विकास साझेदार संस्थाले परामर्शबिना नै केन्द्रमा बसेर कार्यक्रमहरुको बनाउने गरेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री कडेलले  नागरिकका आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए ।

मुख्यमन्त्री कडेलले विगतमा अधिकारमुखी कार्यक्रमहरुमा विकास साझेदार संस्थाहरुको जोड प्राथमिकता भएपनि अव पूर्वाधार विकासमा लगानी बढाउन राजदुत लोरेन्जालाई सुझाव दिए । भेटघाट कार्यक्रममा राजदुत लोरेन्जाले यूरोपेली यूनियनले मुख्यमन्त्री कडेलले राख्नुभएका सुझावलाई यूरोपेली यूनियनले सकारात्मक लिदै आफना कार्यक्रमहरुलाई प्रदेश सरकारमार्फत अघि बढाउन जानकारी दिइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार