मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

अमेरिकाको टेक्सासमा महायज्ञ सुरु, ढकाल एक्लैले गरे डेढ करोड दान

Ujyalosandeshonline 12696+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

काठमाडौं । अमेरिकामा बौद्ध बिहार निर्माणको लागि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासद्वारा श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) शुरु भएको छ । 

अध्यात्मिक केन्द्रको प्राङ्गणमा मंगलबारदेखि आयोजना गरिएको महायज्ञ बिशेष समारोहमा पशुपतिनाथ तथा बौद्ध बिहार निर्माणको लागि एक लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदघाटन गरे ।

कार्यक्रममा बोल्दै युलेश सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायमा देखिएको साँस्कृतिक एकताको प्रसंसा गर्दै समुदायको लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताइन । युलेश सिटी विविधतायुक्त सांस्कृतिक शहर भएको बताउँदै नेपाली समूदायले आयोजना गर्न लागेको अध्यात्मिक महोत्सव कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् ।

यसैगरि कार्यक्रममा बोल्दै प्रमुख कथाबाचक पण्डित दिनबन्धु पोखरेलले प्रवासमा समेत जात तथा क्षेत्रका नाममा नेपाली समुदाय बिभक्त हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै धार्मिक तथा अध्यात्मिक चेतनाको माध्यमबाट नेपाली समुदायलाई जोड्नुपर्ने धारणा व्यक्त गरे । 

महायज्ञमा अमेरिकामा बसोबास गर्दै आएका उपेन्द्र ढकाल र सुप्रिया कार्की ढकालले एक लाख ११ हजार १ सय ११ अमेरिकी डलर (करिब डेढ करोड रुपैयाँ) दान गरेका छन् । 

ढकाल परिवारले महायज्ञको पहिलो दिनमै १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर दान गरेको टेक्सासबाट अनुप आचार्यले जानकारी गदिए । महायज्ञमा नौं दिनसम्म चल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार