मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

वडाको उपहार जडिबुटी चिया, टोकरी र कुचो

Ujyalosandeshonline 12552+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले पहिलो चरणमा वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने  भएको  छ । 

१२ नम्बर वडा पालिका सरकारले आफ्नो वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा, आय आर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतलगायत बिभिन्न स्थानीय स्रोतको पहिचान निर्माण गर्दै उपहार दिने  परम्परा सुरु गरेको हो । 

मुगुमा रहेका ५४ वडामध्ये एक मात्र फरक समुन्द्र सतहदेखि ४६ सय ३३ मिटरको उचाइमा रहेको वडाभित्र रहेका बिभिन्न रैथाने बस्तुहरुबाट बनेका परिकारहरुको प्रचार प्रचार गर्ने उद्देश्यले जडिबुटीबाट तयार गरेका चिया र निगालोबाट बनाएका बस्तुहरु पाउनाहरुलाई विक्री एवम उपहार दिने परम्परा बसाल्न खोजिएको १२ वडा नम्बरका वडा सचिव हेम बहादुर बढुवाल बताए । 

मुगुको मुख्य पर्यटकको केन्द्र रारा ताल रहेपनि नगरपालिका वडा नम्बर १२ मा रहेका अन्य तालहरुको प्रचार प्रसार गरिने, वडाबासीको आय आर्जनमा बृद्धि गर्न नयाँ अवधारणा सुरु गरिएको पतिराम बुढाले बताए । 

नयाँ अवधारणा अनुसार वडाभित्र रहेका सात तालको प्रचार प्रचार जडिबुटीको प्रवद्र्धन, निगालोबाट तयार गरिने फोहोर फाल्र्ने टोकरी, झाडुलगायत जुता ,किताबकापी राख्ने र्याक निर्माण गर्ने साथै स्थानीय खाद्यान्न बालीहरुको उत्पादनमा प्राथमिकता दिइएको वडा नम्बर १२ का वडाध्यक्ष आइतुराम रोकायले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार