मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ का लागि बैंक र नेपाल प्रहरीबीच शुक्रबार सम्झौता भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित  कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख एसएसपी रेवती ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौतापत्र आदानप्रदानसँगै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक एसएसपी ढकाललाई हस्तान्तरण गरे ।कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले छात्रवृत्ति दिने सम्झौताका लागि नेपाल बैंकलाई धन्यवाद दिए । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास उनले व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नागरिकको सेवामा नेपाल प्रहरीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए ।

सम्झौताअनुसार उपलब्ध रकमबाट प्रहरी कल्याण कोषको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना हुनेछ । कोषको ब्याजबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल प्रहरीका नौ स्कुलमा वितरण हुनेछ । 

कक्षा ४ देखि १० सम्म पढ्ने छात्रछात्राले पाउने छात्रवृत्ति बिदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा दिइने छ । 

यस बमोजिमका सन्ततिहरू नभएमा अमर÷शहिद÷असक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कुल एक जनाको दरले छात्रवृत्ति उपलब्ध गराइने सम्झौतापत्रमा छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार