मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

ओमसतिया-२ मा शाररिक रुपमा अशक्त व्यक्तिहरुलाई झुल र पंखा वितरण

Ujyalosandeshonline 12342+ समाचार ( )
१ असार २०८१, शुक्रबार

ओमसतिया । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ को कार्यालयले शाररिक रुपमा अशक्त (अपांग) भएका व्यक्तिहरुलई झुल र पंखा वितरण गरेको छ ।

प्रतिकुल मौसमका कारण शाररिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई सहज जीवनयापनमा समस्या भएपछि वडाका ३७ जनाहरुलाई झुल र पंखा वितरण गरिएको हो ।

अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । अगामी तीन दिन पश्चिम तराईमा अत्याधिक गर्मी हुने भएको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराध गरेको छ । 

उक्त सामग्री गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी र वडाअध्यक्ष सितल जिटीले हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष यादवले शाररिक रुपमा अशक्त भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन गाउँपालिकाले योजना बनाइरहेको बताए ।

उनले शाररिक रुपमा अशक्त भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए । कार्यक्रममा उपाध्यक्ष चौधरीले शाररिक रुपमा अशक्त भएका बालबालिकाको शिक्षाका लागि गाउँपालिका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन् ।

कार्यक्रममा वडाअध्यक्ष सितल जिटीले शाररिक रुपमा अशक्त भएका ब्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि वडाले सामग्री उपलब्ध गराएको बताए । कार्यक्रममा वडासदस्य कलाधर लम्साल ,विक्रम यादव र राम जानकी मन्दिर व्यवस्थापन समिती उपाध्यक्ष फत्तुराम भण्डारी, श्रीधर जिसी, हर्ष बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार