मुख्य समाचार
नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल |

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदावी रकम हस्तान्तरण

अनिल नेपाली 141+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, अर्घाखाँची शाखाद्वारा मृत्युदावी बापतको बीमा रकम हस्तान्तरण गरिएको छ। पाणिनी गाउँपालिका–१, अर्घाखाँचीका बासिन्दा ओमबहादुर सारुले केही वर्षअघि जीवन बीमा गर्नुभएको  थियो । उपचारको क्रममा उहाँको निधन भएको थियो।

स्वर्गीय सारुले २ लाखको बीमा गर्नुभएको  थियो  र वार्षिक १४ हजारको दरले जम्मा ६ किस्ता मात्र तिर्नुभएको थियो। आज शाखामा एक शोक कार्यक्रममार्फत उहाँको श्रीमती शान्ति सारु मगरलाई रु २ लाख ५० हजार बराबरको बीमा रकम हस्तान्तरण गरिएको हो। रकम शाखा प्रमुख दिनेश सुनारले connect Ips मार्फत बिमितको श्रीमतिको खातामा  पठाइएको समेत जानकारी दिनु भयो ।

शाखा प्रमुख सुनारले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै , “जीवन बीमा जीवनको अपत्यारिलो क्षणमा परिवारलाई आर्थिक राहत दिनसक्ने बलियो आधार हो। स्व. ओमबहादुरजस्तो बीमितले केही किस्ता मात्र बुझाएर पनि आफ्नो परिवारलाई संकटको समयमा सहारा दिन सक्नु भएको छ। यसले जीवन बीमाको आवश्यकता र प्रभावलाई अझ प्रस्ट पारेको समेत जनाउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार