मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सत्यवती आमा समूहको नवनिर्मित भवन समुद्घाटन, सामाजिक सशक्तीकरणमा जोड

Ujyalosandeshonline 12548+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

ओमसतिया । रुपन्देहीको ओमसतिया-१, खुन्सामा अवस्थित सत्यवती आमा समूहको नवनिर्मित भवन एक समारोहका बीच समुद्घाटन गरिएको छ । समूहकी अध्यक्ष बिष्णुमाया घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मन्जित कुमार यादवले शौचालयसहितको एक कोठे भवनको समुद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा गरिरहेका कार्यहरूबारे जानकारी गराउनुभयो । उहाँले पालिकाभित्र सक्रिय रहेका आमा समूह, युवा क्लब र बाल क्लबहरूले समाजमा हुने विभिन्न किसिमका नकारात्मक घटनाहरू न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, "यी समूहहरूले गर्दा महिला दिदीबहिनीहरू बचत गरी आफ्नो खुट्टामा उभिन सक्नुभएको छ ।" उहाँले आउने दिनहरूमा पालिकाबाट कस्तो किसिमको कार्यक्रम आवश्यक छ, सोही अनुसार कार्यक्रमहरू तर्जुमा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमकी विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आमा समूह र महिला समूहहरूको सक्रियताकै कारण आज महिलाहरू खुलेर बोल्न र सामाजिक कार्यमा अग्रसर हुन सकेको धारणा राख्नुभयो ।

चुमकला बस्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा अध्यक्ष बेल बहादुर बराल मगर, समूहकी सचिव सुनिता कुमारी यादव, गंगा थापा, विनोद घिमिरे, जगत थापा, देवी प्रसाद बस्याल, मनोहर अधिकारी, कृष्ण बस्याल, छविलाल घिमिरे, चिरञ्जीवी पाण्डेय, योगेश भुषाल, जानुका बस्याल, डोलराज घिमिरे, ऋषि राम पाण्डेय र धनञ्जय बस्याल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार