मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

मुगुमा पायल्स रोगका बिरामीको संख्या बढ्दो

Ujyalosandeshonline 12080+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

मुगु । मुगु आयुर्बेद कार्यालयले गमगढीमा सन्चालन गरिरएको पायल्स, फिसर फिष्टुला रोगका बिरामीहरुका लागि तीन दिने स्क्रिनिङ तथा उपचार शिविरमा चेकजाच गर्दा सबैभन्दा बढी पाइल्सका बिरामीहरु फेला परेका छन् ।

छाँयानाथ रारा नगरपालिका र आसपास क्षेत्रमा बस्दै आएका स्थानीय तीनसय १४ जनाको चेकजाचमा तीन दिनमा ८५ जनाको पायल्स(मलद्धारमा समस्या)का विरामी भेटिएका थिए 

जसमध्ये दुई जना महिलाको पाइल्सको अप्रेशन गरिएको छ भर्ने एक जना पुरुषको फिष्टुलाको अप्रेशन गरिएको छ । अन्य चेकजाचमा आएका बिरामीहरुलाई स्वास्थ्य सुधारका लागि आवश्यक सुझाव सल्लाहसँगै आवश्यकता अनुसारको औषधी निशुल्क दिएको जिल्ला आयुर्वेद केन्द्र मुगुका कार्यालय प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताएका छन् ।

कार्यालय प्रमुख पाण्डेका अनुसार पछिल्लो समय बजारमा पाइने तयारी खाद्य बस्तुबाट बनाएका परिकार, बिषादीयुक्त तरकारी, चिल्लो पिरो लगायतका खानपानका कारण मानिसहरुको समस्या देखिने गरेको छ । खानपानकै कारण पायल्स, फिसर, फिष्टुलालगाएतका बिभिन्न जटिल प्रकारका रोगहरु लाग्ने गरेको उनले बताए ।  

बिगत दुई बर्षदेखि फिस्टुला (भगन्दर) भएर दिशा गर्दा समस्या हुने, मलद्धारबाट रगत बग्ने, मलद्धारको मुखमा साना डल्ला मासु जस्तै निस्किएर बस्न, हिडडुल गर्न पनि समस्या भएको थियो तर जिल्ला आयुर्वेद केन्द्रले सन्चालन गरेको शिबिरमा चेकजाच गराएर अप्रेसन गराएपछि आराम भएको छाँयानाथ रारा नगरपालिका–१२ का तीर्थ रोकायाले बताए । 

उनले भने,‘उपचारको लागि सुर्खेत, नेपालगंन्ज, काठमाडौं जानुपर्ने हुँदा ठूलो आर्थिक खर्च हुने तर जिल्लामा उपचार हुँदा आर्थिक बचत भएको छ ।’ यस्तै एक बर्षदेखि पायल्स रोगबाट पीडित छाँयानाथ रारा नगरपालिका–५ भामबाडा बस्ने अप्सरा भामको पनि जिल्ला आयुर्वेद केन्द्र मुगुमा निशुल्क औषधीसहित अप्रेसन भएकोमा खुशी व्यक्त गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार