मुख्य समाचार
‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ |

राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल

Ujyalosandeshonline 12553+ समाचार ( )
५ जेठ २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो समय राजनीतिप्रति युवाहरुमा वितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु सुध्रिन आवश्यक रहको बताएकी छिन् । 

शनिबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै एमाले नेतृ समेत रहेकी डंगोलले जोस र जाँगर भएका युवाहरुले राजनीतिक दलहरु मात्र नभइ हरेक क्षेत्र हाँक्न सक्ने बताइन् । 

उनले भनिन्, ‘युवामा जोस जाँगर छ, युवा सचेत छन् भने राजनीतिक रुपमा मात्र हैन हरेक क्षेत्र हाँक्न सक्छन् भन्ने विश्वास मैंले लिँदै आएको छु । अब आउने पुस्तामा विश्वास गर्दै हामीले हरेक क्षेत्रमा युवालाई अगाडि सार्न विश्वास गर्नुपर्दछ । युवाहरुको राजनीतिप्रतिको वितृष्णा हटाउन राजनीतिक दलहरु सुध्रिन आवश्यक छ । धेरै क्षेत्रमा युवाहरु एकदम सहभागिता कमजोर हुन दिनुहँुदैन ।’

त्यस्तै डंगोलले पुराना पार्टी र पुराना नेताहरु भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै नेता बुढो भएपनि पार्टी बुढो नहुने बताइन् । पार्टीलाई बुढो हुन नदिन राजनीतिक दलहरुमा युवा सहभागिता बढाउने आवश्यक रहेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार