मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल

Ujyalosandeshonline 12198+ समाचार ( )
५ जेठ २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो समय राजनीतिप्रति युवाहरुमा वितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु सुध्रिन आवश्यक रहको बताएकी छिन् । 

शनिबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै एमाले नेतृ समेत रहेकी डंगोलले जोस र जाँगर भएका युवाहरुले राजनीतिक दलहरु मात्र नभइ हरेक क्षेत्र हाँक्न सक्ने बताइन् । 

उनले भनिन्, ‘युवामा जोस जाँगर छ, युवा सचेत छन् भने राजनीतिक रुपमा मात्र हैन हरेक क्षेत्र हाँक्न सक्छन् भन्ने विश्वास मैंले लिँदै आएको छु । अब आउने पुस्तामा विश्वास गर्दै हामीले हरेक क्षेत्रमा युवालाई अगाडि सार्न विश्वास गर्नुपर्दछ । युवाहरुको राजनीतिप्रतिको वितृष्णा हटाउन राजनीतिक दलहरु सुध्रिन आवश्यक छ । धेरै क्षेत्रमा युवाहरु एकदम सहभागिता कमजोर हुन दिनुहँुदैन ।’

त्यस्तै डंगोलले पुराना पार्टी र पुराना नेताहरु भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै नेता बुढो भएपनि पार्टी बुढो नहुने बताइन् । पार्टीलाई बुढो हुन नदिन राजनीतिक दलहरुमा युवा सहभागिता बढाउने आवश्यक रहेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार