देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Ujyalosandeshonline 12323+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुका साथै बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार हिमाली भू-भागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी तथा तराईका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार