मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् ।

उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो संभावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भनिन् ।

‘नेपालमा कृषि उत्पादन बढाउने संभावना छ तर उत्पादन बृद्धि र  आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उनले भनिन्  ‘खाद्यान्न, फलपूmल, दुध र मासु उत्पादन बढाउन सकेमा बैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा  आयात प्रतिष्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइ थियो ।

प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका बिकास कार्यक्रमको अनुगमन गरेकी थिइन । साथै उनले अनुसन्धान केन्द्रले सिमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरु समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन् ।

अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानिय तहका जनप्रतिनिधी पनि सहभागी थिए । अनुसन्धान केन्द्रका  प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट बिकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार