मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

संविधानले मदरसालाई मूलधारमा ल्याएको भन्दै मदरसामा मनाईयो संविधान दिवस

Ujyalosandeshonline 12548+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

भैरहवा । संविधानले मुस्लिम धर्म अनुसार अध्ययन अध्यापन हुने मदरसा शिक्षालाई पनि मूलधारमा ल्याई समेटेको भन्दै मुस्लिम अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । संविधान दिवस २०८१ को अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ मा रहेको जामिया कमरुन निशा निस्वाँ कलेजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुस्लिम अगुवाहरुले संविधानले सबैलाई समेटेको भन्दै खुशी ब्यक्त गरेका हुन् ।

पहिलो पटक मदरसामा संविधान दिवस मनाईएको आयोजकले बताए । पूर्व शिक्षक समेत रहेका मुस्लिम अगुवा महबुब खाँनले नेपालको संविधानले देशमा बसोबास गर्ने सबै जाती र धर्मका नागरिकलाई समावेश गरेको बताए । सबै धर्म समुदायले आफ्ना धर्म स्वतन्त्रता पूर्वक मनाउन पाउनु नै यो संविधानको सुन्दर पक्ष रहेको उनले बताए  । “ईस्लाम धर्मले हामीलाई शान्ती र अमन चैनको शिक्षा दिन्छ, हामीले मदरसामा यस्तै ईस्लाम शिक्षा दिन्छौं ।” उनले भने “यस्तो शिक्षा दिन र लिन नेपालको संविधानले हामीलाई स्वतन्त्रता दिएको छ, हामी यसमा खुशी छौं ।”

यस्तै मदरसा व्यवस्थापन समितिका अध्यक्ष समसाद मुसलमानले मुठ्ठि दान, दस्वा, बिस्वा लगायतको दानबाट मदरसा सञ्चालन भई रहेको बताए । स्थानिय तहको पहिलो कार्यकालमा मदरसामा केही अनुदान पाए पनि अहिलेको स्थानिय तहले कुनै सहयोग नगरेको उनले गुनासो गरे । “हाम्रो धर्म, संस्कृति, पराम्परा हाम्रो भावी पुस्तालाई पनि सिकाउने उद्देश्यले सरकारबाट अनुमति लिएर मदरसा सञ्चालन गरेको छौं ।” मुसलमानले भने “अहिलेको स्थानिय सरकाले यसलाई पनि बन्द गर्ने धम्की दिईरहेको छ, यसको हामी घोर भत्र्सना गर्दछौं ।”

उनले संविधाले सुनिश्चित गरेको अधिकारलाई सहयोग गर्न नसेके असहयोग पनि नगर्न आग्रह गरे । 

कार्यक्रममा झण्डा फहराउदै रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले मदरसा शिक्षाले धर्म, संस्कृतिको साथै नैतिक शिक्षालाई बढावा दिने भएकोले यसको संरक्षण हुनु पर्ने बताए  । उहाँले संविधानतः यो अधिकार सुनिश्चित भएकोले यसको संरक्षणमा तीनवटै सरकारले अपनत्व लिनुपर्ने बताउनुभयो । “मेरो कार्यकालमा मैले मदरसा र सामुदायिक विद्यालयलाई एकै नजरमा राखेर सक्दो सहयोग गरे, शिक्षाको गुणस्तर उकासे ।” यादवले भने “तर अहिलेको अध्यक्षले भएका शिक्षा प्रणालीलाई पनि ध्वस्त गरे । रोहिणीमा ४ वटा मात्र मदरसा राख्न सकिने कुरालाई कदापी मान्न सकिदैन ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार