मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

स्रोत नखुलेको साढे १० लाखभन्दा बढी नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

Ujyalosandeshonline 12457+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

काठमाडौं । काठमाडौंको जय नेपाल हल नजिकैबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१ स्थित जय नेपाल हल क्षेत्रबाट स्रोत खुलाउन नसकेको १० लाख ६३ हजार ८४० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्दै आएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणको नगद फेला परेको थियो । साथमा रहेको रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई स्कुटर र नगदसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले उक्त रकम कहाँबाट ल्याएका हुन् र कुन प्रयोजनका लागि लैजाँदै थिए भन्ने विषयमा विस्तृत छानबिन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार