गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ लाई बोलाइयो

Ujyalosandeshonline 12214+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

गण्डकी। गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गतेलाई बोलाइएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । 

‘प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूद्वारा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश सभा भवन, नदिपुरमा संवत् २०८० साल फाल्गुण १६ गते बुधबार १४ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गर्नुभएको छ,’ प्रदेश सभाका निमित्त सचिव चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

स्थापनादेखि हालसम्म गण्डकी सरकारले ६६ वटा ऐनकानुन बनाएको छ ।  दोस्रो पटक आएको सदनले बनाएर पारित भएको नयाँ विधेयकमा वन विधेयक मात्र हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार