मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव ल्याइयो

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ। पाकिस्तानको ‘ब्रोड पिक’मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज नेपाल ल्याइएको छ । गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किलीपेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव आज साँझ हवाईजहाजमार्फत काठमाडौँ ल्याइएको हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार, उहाँहरुको शेर्पा परम्पराअनुसार दुई रात तीन दिन पूजा गरेर अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को शव भने यही साउन २१ गते नै नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ । सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको शव भने बेलायत लगेर अन्त्येष्टि गरिनेछ । पुर्जाको परिवार बेलायतमै रहेकाले शव पनि बेलायत नै लगिएको बताइएको छ । दुर्घटनास्थलबाट अझै एक नेपालीको शव ल्याउन बाँकी रहेको छ । उक्त दुर्घटनामा छ नेपालीसहित १० आरोहीले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार