मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घट्नाको कारण

Ujyalosandeshonline 12321+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

जनकपुर । गत सोमबार राती ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जली कुमारी यादवलाको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ । नेपाल सरकारले कुनैपनि घटनामा संलग्न रहेकालाई सार्वजनिक नगर्न सर्कुलर जारी गरेतापनि धनुषा प्रहरीले घटनाको प्रवृतिलाई मध्यनजर गर्दै विशेष अनुमति लिएर अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ परेका अभियुक्त साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्ष जेल सजाय बिताएर निस्किएका थिए ।

के थियो घटना ?

अभियुक्त रामबाबु साह र मृतक अन्जलीकी आमा आशा यादवबीच धनुषाको महेन्द्रनगरस्थित एक पसलमा चिनजान भइ भेटघाट निरन्तर हुँदै आएको थियो । सो क्रममा दुबै जनाले संगै बस्ने निधो गरेपछि आशा यादवलाई जनकपुरधाममा डेरा लिइ आशाकी छोरी अन्जलीसहित साहसंगै बस्ने गरेका थिए । साह कामका लागि बाहिर गइरहने हुनाले आशालाई टेम्पो खरिद गरिदिएका थिए ।

तर आशाले टेम्पो आफ्नो भाइको नाममा दर्ता गराउन लगाएको अनुसन्धानमा देखिएको छ । त्यसपछि आशा यादव र अभियुक्त रामबाबु साहबीचको सम्बन्धमा चिसोपन आउन थालेको थियो । आशा यादवले रामबाबुलाई थाहा नदिई डेरा समेत अर्को स्थानमा सारेपछि दुबैबीच भनाभन सुरु भएको थियो । 

आशा यादवले रामबाबुको फोनसमेत उठाउन छोडेपछि रामबाबुले खुकुरी लिएर आएर राती नयाँ डेरा पत्ता लगाइ आशा यादवमाथि निर्घात प्रहार गरेका थिए । सो क्रममा रामबाबुले अन्जलीको घाँटीमा खुकुरी प्रहार गर्दा अन्जलीको मृत्यु भएको थियो भने आशा यादव पनि गम्भीर घाइते भएकी थिइन ।

अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार