मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

थबाङ पहिरो: एमाले लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्माद्वारा बेपत्ताको खोजी र राहतको माग

Ujyalosandeshonline 12437+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

भैरहवा । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले रोल्पाको थबाङमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित राहत, घाइतेको निःशुल्क उपचार र बेपत्ताको तत्काल खोजी गर्न सरकारसँग माग गर्नुभएको छ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण पहिरोमा परी १० जनाको निधन, तीन जना बेपत्ता र दुई जना घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेता विश्वकर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिएको हो ।

विज्ञप्तिमा विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा स्थानीयवासीलाई आवश्यक राहत पुर्याउन सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिइएको छ । उहाँले पहिरोका कारण विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनर्स्थापना, आवास तथा आवश्यक मानवीय सहायताको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएका इन्चार्ज विश्वकर्माले घटनास्थलमा खटिएर उद्धार तथा राहतमा खटिने सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयवासी र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार