मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान, आयोजकलाई बधाई

Ujyalosandeshonline 12548+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

उनले भने,‘यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपिएलको जित हो । यस खेलमा तपाईँहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ । तपाईँहरु हिरो हो । नायक र महानायक हो । म तपार्ईँहरुको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।’

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै उनले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्र गरे । उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिए ।

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार