मुख्य समाचार
उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने | राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन | सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति | बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना |

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

Ujyalosandeshonline 11854+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।

विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधीमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ ।

विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेबिरुद्ध न्यायालयबाट समेत मागदावी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुनविपरित गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याएको छ ।

कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधीका रुपमा सिफारिस गर्नु गैरकानूनी भएकाले बिक्री तथा सिफारिस गर्नेबिरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार