मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

शहिद स्मारक बी डिभिजिन लिगको तयारी पूरा, ९१ वटा खेलहरु संचालन हुने

Ujyalosandeshonline 11768+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघले भोली (शनिबार) देखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले शनिबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

एन्फाका अनुसार प्रतियोगितामा सिहगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।

प्रतियोगितामा देशभरका १४ करवहर– आरसिटी, श्री भगवती क्लव, तुसाल युथ क्लब, ब्रिगेड व्वाइज करब, ब्वाइज यूनियन क्लव, मध्यपुर युथ करब, च्यासल युथ कनव, श्री कुमारी क्लव, बांसवारी करव, नयाँ बस्ती युद्ध करब, सरस्वती युथ क्लव, विरगंज युनाइटेड क्लव, झापा फुटवल क्लब र प्लानिङ्ग व्याइज युनाइटेडको सहभागिता रहनेछ ।

एन्फाले यस प्रतियोगिताको लागि सम्पूर्ण तयारीहरु पुरा गरिसकेको छ । प्रतियोगिताको मार्केटिङ्ग, टिकेटिङ्ग र वोडकास्टिङ्ग अधिकार ःम्ब्ऋ क्उयचतक लाई प्रदान गरिसकिएको छ । प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ रु १०० र भीआइपी पारापिटतर्फ रु ३०० तय गरिएको छ । त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको एन्फाले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु १० लाख, तृतीय पुरस्कार रु ५ लाख फेयर प्ले टिम रु १ लाख, उत्कृष्ट खेलाडी रु १ लाख,उत्कृष्ट गोलकिपर रु ५०,०००,सर्वाधिक गोलकर्ताः रु ५०,०००र प्लेअर अफ द म्याच ७,५०० रहेको छ । एन्फाका अनुसार प्रतियोगिताको सबै खेलमा विजयी टोलीलाई थप रु २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट रु ३,९३०१,८१३ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार