मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

Ujyalosandeshonline 12547+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

मकवानपुर । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ। बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या आइरहेको छ।

गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो । यद्यपि सडक आयोजनाको सहयोगमा खुलाउने प्रयासहरू भइरहे पनि यात्रुहरूले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ।

बेलिब्रिज समेत क्षतिग्रस्त

बागमती नदीमा डाइभर्सनको बहाव बढ्दा कान्तिलोकपथ अन्तर्गतको बेलिब्रिजसमेत क्षतिग्रस्त भएको थियो । असार २२ गते पुनः बेलिब्रिज जडान गरिएपछि चार दिनपछि मात्रै सडक आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो। यसबीच यात्रु र सवारीसाधन घण्टौँसम्म बाटोमै रोकिएको अवस्था देखिएको थियो । 

सडक स्थायित्वमा गम्भीर चुनौती

स्थानीय प्रशासनका अनुसार लगातारको झरीसँगै साना ठूला पहिरो, सडक कटान र जलमग्नताले गर्दा समयमा मर्मत सम्भव नभएको हो । हेटौंडा–५ का चालक स्याम तिमल्सिनाले रात्रीकालीन सवारी सञ्चालन थप जोखिमपूर्ण भएको बताए।

प्राविधिकहरूका अनुसार कान्तिलोकपथको स्थायित्व अझै चुनौतीपूर्ण छ। छोटो दूरीको वैकल्पिक मार्ग भए पनि संकुचित मोड, खोला नजिकको भूभाग, तथा पहिरो सम्भावित क्षेत्रले गर्दा यो मार्ग वर्षायाममा अत्यन्त जोखिमयुक्त मानिन्छ।

स्थायी समाधानको माग

स्थानीयवासी तथा सवारी चालकहरूले हरेक वर्ष उस्तै समस्या दोहोरिने भन्दै सडकमा स्थायी संरचनात्मक समाधान गर्न माग गरेका छन् । उनीहरूका अनुसार, सडक कटान भएका ठाउँमा तत्काल मर्मत, बलियो बेलीब्रिज जडान, तथा पहिरो सम्भावित स्थानमा संरक्षण उपायहरू अनिवार्य गरिनुपर्छ । 

आपूर्तिमा असर

सडक बन्द हुने क्रमले औषधि, खाद्य सामग्री र अन्य अत्यावश्यक सामानको ढुवानीमा समेत असर पारेको छ। यात्रुहरूले पूर्व जानकारी नपाउँदा घण्टौँ बाटोमै अल्झिनुपरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायी ओम लामिछाने भन्छन्, ‘हामी जोखिम मोलेर यात्रा गरिरहेका छौँ। तर, हरेक वर्षको वर्षामा उस्तै समस्या आउँछ ।  अब सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउनु जरूरी छ ।’

प्रशासनको चेतावनी

वर्षा केही कम भएसँगै सडक सञ्चालन सामान्य बन्दै गएको भए पनि अझै केही साता जोखिम कायम रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कार्यालयले यात्रुहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र मौसमको पूर्वानुमानअनुसार यात्रा योजना बनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार