मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

Ujyalosandeshonline 10783+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयनमा बजार अनुगमन कार्यलाई तिव्रता दिदै आएको बताएका छन् ।

शनिबार विश्व उपभोक्ता अधिकार दिवस, २०८१ एवं उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उनले स्वच्छ र प्रतिस्पर्धी  बजार प्रणालीमा सामाजिक र कानूनी मान्यता विपरितका समस्यालाई समाधान गर्न बजार अनुगमन कार्यलाई तिव्रता दिएको बताएका हुन् । 

‘स्वच्छ र प्रतिस्पर्धी बजार प्रणालीमा सामाजिक र कानूनी मान्यता विपरितका यावत समस्याहरुलाई समाधान गर्नेगरी नेपाल सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयनमा अनुगमन कार्यलाई तिव्रता दिदै आएको छ,’ उनले भने । 

उनले निरन्तर गुणस्तरीय अनुगमन तथा नियमनले बजार उपभोग्ताको हित र व्यवसायी स्वार्थबिच उचित सन्तुलन कामय गर्दै देश विकासको मार्ग निर्धारण गर्ने पनि बताए । 

उनले थप भने, ‘खासगरी नगन्य किसिमका उपभोक्ता हक, हितका विपरित कार्य गरेको अवस्थामा वा उत्पादनको वितरकले आफ्नो दायित्व गम्भीर उल्नघन गरेको अवस्थामासरकारको अनुगमन कार्य दण्डकारी कार्यहरुले मात्र नपुग्ने भएर नेपाल सरकारले यो उपभोक्ता अदालत स्थापना गरेको हो ।’ मन्त्री भण्डारीले नेपाल सरकारको अनुगमन र नियमन कार्यमा उपभोक्ता अदालतको अभाव सधै महसुस भइरहेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार