मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सोमपाल टेन प्लाष्टको ब्राण्ड एम्बेसडर नियुक्त

Ujyalosandeshonline 12612+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

भैरहवा । नेपाली क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामी टेन प्लास्टका ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमका बिच टेन प्लाष्टका प्रवन्ध निर्देशक धिरज अग्रवालले सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै सोमपालले विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउदा आफु भावुक भएको बताए । “मैले क्रिकेट खेलेको दश बर्ष भएको छ, मेरो जर्सी नम्बर पनि दश रहेको छ ।” उनले भने “यस्तो अवश्थामा आफु टेन नामक कम्पनीको परिवार भएको छु । यसले मलाई हर्षित बनाएको छ ।”

सानै देखि भारतीय क्रिकेटर सचिन तेन्दुलकर आफ्नो आदर्श रहेको बताउदै सोमपालले देशको लागि खेलिरहने बताए । 

पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकामा स्थापन भएको टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको यसका प्रवन्ध निर्देशक धिरज अग्रवालले बताए । उनले नेपाली क्रिकेट खेलाडीलाई आर्थि रुपमा सबल बनाउने आफुहरुको प्रयास स्वरुप नेपालका फास्ट बलर सोमपाल कामीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार