मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

चापाकोट टिप्पर दुर्घटना: फरार चालक सुन्तलीटारबाट पक्राउ

Ujyalosandeshonline 12448+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिका-४ पुम्दीमा गत जेठ २७ गते भएको टिप्पर दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मल्याङ्कोटबाट घुर्लिचौर जाने बाटो निर्माणका लागि बालुवा लोड गरी जाँदै गरेको ग १ क ४४४६ नम्बरको टिप्पर उकालो सडकमा चिप्लिएर झन्डै १०० मिटर तल खस्दा उक्त दुर्घटना भएको थियो। पष्म NM RC JB योजना निर्माण कम्पनीको उक्त टिप्पर दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

दुर्घटनामा टिप्परका सहयोगी म्याग्दीको मालिका गाउँपालिका-५ देवीस्थानका २३ वर्षीय तिलक परियारको ज्यान गएको थियो। शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि गह्रौँ स्वास्थ्य केन्द्र वालिङ पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दुर्घटनामा घाइते भएका सोही स्थानका १८ वर्षीय करन परियार भने हात र खुट्टाको उपचार पश्चात् स्वास्थ्य केन्द्रबाट डिस्चार्ज भइसकेका छन् । दुर्घटना लगत्तै प्रहरी चौकी मल्याङ्कोट र इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो।

घटनापछि फरार रहेका दाङको शान्तिनगर गाउँपालिका-१ का २६ वर्षीय चालक रेषम बहादुर गिरीलाई प्रहरीले चापाकोट नगरपालिका-९ सुन्तलीटारस्थित कालिगण्डकी होटलबाट आषाढ १२ गते पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख गणेश सापकोटाका अनुसार पक्राउ परेका चालकमाथि राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार