मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयौ : ओली

Ujyalosandeshonline 11308+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए । 

उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनि, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । सरकारलाई संविधानले कुनै हालतमा उचित भन्न सक्दैँन् । यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ ।’यस्तै, कसैले अवैध र असंवैधानिक, अलोकतान्त्रिक तरिकाले, एकछिनका लागि सत्ता र सरकार कब्जा गरिहाल्यो भने पनि नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्ने पनि उनको दाबी छ ।

उनले भने, ‘कसैले कुनै हिसाबले कुनै अवैध र असंवैधानिक, अलोकतान्त्रिक, असामाजिक तरिकाले यस देशमा कुनै गडबढी मचाएर एकछिनका लागि सत्ता कब्जा गरिहाल्यो, सरकार कब्जा गरिहाल्यो भने त्यस अवस्थालाई फेरि लोकतान्त्रिक अवस्थामा फर्काउने छौं । फेरि संवैधानिक बाटोमा फर्काउने छौ । मिचिएको संविधानलाई नमिचेको अवस्थामा फेरि फर्काउने छौ । अराजकताको राज धेरै लामो समयसम्म टिक्न सक्दैँन् । नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्छ ।’ उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा युवाहरुलाई दुरुपयोग गरेर आन्दोलनको लागि उकासेको बताए ।

उनले भने, ‘संसारमा जेनजी नामको अस्वभाविक शब्द अगाडि सारिएको छ । यसरी जेनजीका नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो । भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ । सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ । देशमा प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर उभिएका थियौं ।

हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ । त्यस्तो बेलामा युवाहरुलाई जेनजीका नाममा आन्दोलनको लागि उकासियो, हामीले त्यसको विरोध गरेनौ तर भदौ २३ गतेको आन्दोलनको पछाडि षड्यन्त्र लुकेको थियो । त्यसपछिको घटना सबै षडयन्त्र थियो र त्यही षडयन्त्रबाट देश पनि जल्यो ।’नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री, प्रधानमन्त्री हुनको लागि बनाइएको नभई देश र जनताको लागि बनाइएको पार्टी भएको पनि उनको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार