मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

पल्सर स्पोर्टस अवार्ड आगामी भदौ २८ बाट हुने

Ujyalosandeshonline 12617+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आगामी भदौ २८ गते हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।

स्पोर्टस अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने अभियानस्वरुप अवार्डको पूर्वसन्ध्यामा एआईपीएस एसिया कंग्रेस पनि आयोजना गर्न लागिएको छ । उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ । 

सदाझै यस वर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोला ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो ।

यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहेको छ ।

मुख्य प्रायोजन सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्य विधाका विजेतालाई गतवर्षहरुमा ५० हजारले सम्मानित गर्दै आएकोमा यसपाली त्यसलाई बढाएर नगद १ लाख रुपैया बनाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार