मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

Ujyalosandeshonline 12548+ समाचार ( )
२२ असार २०८२, आइतबार

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् ।

आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।

उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म मल पुर्याउनका लागि राम्रो प्रयत्न गरेका छौ । वास्तवमा भन्दा अहिले किसानलाई मल दिन सकिएन भने किसानलाई अत्यन्तै अप्ठेरो पर्छ । हामीसँग मलको अभाव नै त छैन । मल छ प्रर्याप्त नहुन सक्छ । किसानले मल नै पाइएन भन्ने परिस्थिती छैन ।’

उनले नागरिकलाई भ्रममा पार्नु नहुने भन्दै मन्त्री र मन्त्रालयको तहबाट गर्नुपर्ने काम नरोकिएको पनि बताए ।

‘हाम्रो तर्फबाट गरिनुपर्ने काममा कहिबाट रोकिएको छैन । मन्त्री र मन्त्रालयको तहबाट काम गर्न रोकिएको छैन । कुपनको आधारमा पालिकाले प्रदेशको कृषि मन्त्रालय र पालिकाबाट वडा तहले दिइएको सिफारिस भन्दा बाहिर अन्यत्र जान हुदैँन भनेर खवरदारी गरेका छौ । कहीलेकाहीं पक्षपात भयो भन्ने कुरा आउँछ त्यसमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

यसैगरी बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३० प्रतिशत र कृषि सामाग्री कम्पनी लिमिटेडलाई ७० प्रतिशत अनुदान उपलब्ध गराइरहेको जानकारी दिए ।

उनले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडको क्षमता र बिक्री वितरणको अवस्था मध्यनजर गरी रसायनिक मलको कोटाको प्रतिशत निर्धारण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई निर्देशन समेत दिने बताए ।

समितिको आजको बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार