बुद्व एयरको जहाज चिप्लियो,सबै यात्रु सकुशल

Ujyalosandeshonline 12328+ समाचार ( )
२९ असार २०८१, शुक्रबार

भैरहवा । गौतमबुद्व अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्व एयरको जहाज चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ । 

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार बुद्ध एयरको उडान नम्बर ८०५  बाट काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज  भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा चिप्लिएको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । भट्टका अनुसार जहाजमा चालक दलका सदस्य सहित ५९ यात्रु सवार थिए ।

जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको भट्टले जानकारी दिए । राती नै बुद्व एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने प्रयास गरिए पनि त्यो सफल भएको थिएन । अहिले काठमाण्डौबाट बुद्व एयरको प्राविधिक टिम भैरहवा तर्फ आउने क्रम रहेको उनले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार