मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

चप्पल र झोलामा लुकाइएको लागूऔषध बरामद, ६ जना प्रहरीको नियन्त्रणमा

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन, गाँजा र ओनेरेक्स जस्ता लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगर पालिका -४, कमलडाँडामा डेरा गरी बस्ने २४ वर्षीय दिल बहादुर सार्की र सोही ठाउँका २४ वर्षीय कुमार लोको कोठामा खानतलासी गर्दा ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो । उक्त पदार्थ स्टिलको बाकसभित्र चप्पलमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।

त्यसैगरी, हेटौंडा-१५, रातोमाटे चेकपोइन्टमा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको बसमा जाँच गर्ने क्रममा दुई नाबालकलाई ९ किलो २०० ग्राम गाँजासहित नियन्त्रणमा लिइएको छ । उनीहरुले झोलामा उक्त गाँजा लुकाएर ल्याएका थिए ।

यस्तै, हेटौंडा-१०, सिमाचोकस्थित एक होटल अगाडि पार्किङमा रहेको ना २३ प ६८३७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-११ का ३० वर्षीय विशाल पौडेल र हेटौंडा-१२ का २९ वर्षीय पाल्डुव लामा रहेका छन् । उनीहरुको साथबाट १५ बोतल ओनेरेक्स बरामद भएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई लागूऔषध कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार