मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नेक्ससले एसइई परिक्षा दिएका दुई सय विधार्थीलाई निःशुल्क क्रिकेटको प्रशिक्षण दिने

Ujyalosandeshonline 12547+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

भैरहवा । काठमाण्डौँको पेप्सीकोला स्थित नेक्सस क्रिकेट एकेडेमीले निःशुल्क क्रिकेट क्याम्प (प्रशिक्षण) गर्ने भएको छ । एकेडेमीले चालु वर्षमा एसइई परिक्ष दिएका दुई सय जना विधार्थीहरुलाई निःशुल्क क्रिकेट खेलको क्याम्प (प्रशिक्षण) गर्ने भएको हो । 

उक्त क्याम्प मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङगणमा अगामी चैत २८ गते देखि बैशाख १८ गतेसम्म संचालन हुने नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।

एकेडेमीले क्रिकेट खेलको विकासका लागि आयोजना गरेको क्याम्प यो पाँचौ संस्करण हो । क्याम्पको आयोजना लुकेका प्रतिभाको प्रस्टफुटन हुने विश्वास लिइएको नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए ।

नवप्रतिभाहरुको खोजी गरी नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्वपूर्ण अभियान रहेको भन्दै उनले एसइई क्याम्बाटै अन्डर नाईन्टिन टिमका खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन बढी खेलाडीको रुपमा तयार भएको बताए ।

उक्त क्याम्पमा सहभागीका हुनका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । फारम भर्ने पहिलो दुई सयजनालाई क्याम्पका लागि छनौट गरिने अध्यक्ष शाहीले जानकारी दिए । 

‘क्याम्पमा सहभागी हुनका लागि एसइई परिक्षा दिएका विधार्थीहरुले देशको जुनसुकै स्थानबाट निःशुल्क फारम भर्न सक्नेछन्’ उनले भने, ‘जसका लागि नेक्सस क्रिकेट एकेडेमीको फेसबुक पेजमा फारम उपलब्ध गराइएको छ ।’ 

उनले क्याम्पमा सहभागी खेलाडीहरुलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल एक गरेका प्रशिक्षक ईम्तिहाज हुसैन र वरिष्ठ नेपाली प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने बताए । सहभागी खेलाडीहरुलाई १० वटा खेल मार्फत प्रशिक्षण दिइने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार