मुख्य समाचार
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा |

नक्कली बिल बनाएर मदिरा तस्करी: बिर्को खोलिएका बोतल बोकेको पिकअप प्रहरीको नियन्त्रणमा

Ujyalosandeshonline 12562+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको मदिरासहित एकजना चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्साचोकमा चेकजाँच गर्ने क्रममा उक्त अवैध मदिरा बरामद गरेको हो । भैरहवाबाट तौलीहवातर्फ जाँदै गरेको लु १ च ९९५६ नम्बरको पिकअप गाडीलाई शंका लागेर रोकी चेकजाँच गर्दा अवैध रूपमा ढुवानी भइरहेको अवस्थामा मदिरा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पिकअप भित्र 'Barphi Premium Blende' र 'Barphi Diamond London' नामक मदिराका १०५ कार्टुन बरामद गरिएको छ । प्रत्येक कार्टुनमा ४८ पिसका दरले कुल ५ हजार ४० पिस मदिरा रहेको र त्यसमध्ये केही बोतलको बिर्को खोलिएको तथा केहीको सिल तोडिएको अवस्थामा फेला परेको थियो । बरामद मदिरा नक्कली बिलबिजक बनाएर ओसारपसार भइरहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले बरामद गरेको मदिराको अनुमानित मूल्य ६ लाख ३५ हजार २५२ रुपैयाँ र पिकअप गाडीको अनुमानित मूल्य २० लाख रुपैयाँ गरी जम्मा २६ लाख ३५ हजार २५२ रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ ।

मदिरा र गाडीसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने २९ वर्षीय चालक आश विक्रम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चौधरी, गाडी र बरामद मदिरालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय भैरहवामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार