मुख्य समाचार
मार्सीधान रोप्दै किसान | गणतन्त्रले सङ्घीय संरचनागत आधार बनायोः मुख्यमन्त्री कँडेल | सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै | नक्कली बिल बनाएर मदिरा तस्करी: बिर्को खोलिएका बोतल बोकेको पिकअप प्रहरीको नियन्त्रणमा | गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन मुख्यमन्त्री आचार्यको आह्वान | मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान | न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, सतर्कता अपनाउन आग्रह | कालीगण्डकीमा खसेर बालक बेपत्ता | बदली र वर्षाले आगामी केही दिन शीतल महसुस | सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि... |

नक्कली बिल बनाएर मदिरा तस्करी: बिर्को खोलिएका बोतल बोकेको पिकअप प्रहरीको नियन्त्रणमा

Ujyalosandeshonline 11392+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको मदिरासहित एकजना चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्साचोकमा चेकजाँच गर्ने क्रममा उक्त अवैध मदिरा बरामद गरेको हो । भैरहवाबाट तौलीहवातर्फ जाँदै गरेको लु १ च ९९५६ नम्बरको पिकअप गाडीलाई शंका लागेर रोकी चेकजाँच गर्दा अवैध रूपमा ढुवानी भइरहेको अवस्थामा मदिरा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पिकअप भित्र 'Barphi Premium Blende' र 'Barphi Diamond London' नामक मदिराका १०५ कार्टुन बरामद गरिएको छ । प्रत्येक कार्टुनमा ४८ पिसका दरले कुल ५ हजार ४० पिस मदिरा रहेको र त्यसमध्ये केही बोतलको बिर्को खोलिएको तथा केहीको सिल तोडिएको अवस्थामा फेला परेको थियो । बरामद मदिरा नक्कली बिलबिजक बनाएर ओसारपसार भइरहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले बरामद गरेको मदिराको अनुमानित मूल्य ६ लाख ३५ हजार २५२ रुपैयाँ र पिकअप गाडीको अनुमानित मूल्य २० लाख रुपैयाँ गरी जम्मा २६ लाख ३५ हजार २५२ रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ ।

मदिरा र गाडीसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने २९ वर्षीय चालक आश विक्रम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चौधरी, गाडी र बरामद मदिरालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय भैरहवामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार