मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तिन जना पक्राउ

Ujyalosandeshonline 12611+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ ।

१४ वर्षिया एक बालिकालाई “तिमी दुख पाउने केटी रहेछौँ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविश्य बन्छ भनि विभिन्न किसिमबाट ललाई फकाई गरि मानव वेचविखन गरेको प्रहरीको भनाइ छ । 

विश्वास दिलाई चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई कास्कीको पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा उद्दार गरिएको हो ।

पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा साउन २९ गते कास्की कार्यालयमा जाहेरी दरखास्त पेश गरेकोले तत्काल प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटिई गई १ जना विदेशी नागरिक सहित ३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाईएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार