मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

Ujyalosandeshonline 12347+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले  लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । रनरेटमा पनि सुधार गरेको हैदरावाद प्लेअफमा पुग्ने सम्भावना पनि अत्याधिक बढेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनऊका निकोलस पुरन र आयुष बडोनीको उत्कृष्ट साझेदारीका कारण लखनउले हैदरावादलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । हैदरावादका लागि  ओपनिङ ब्याट्सम्यानले यो लक्ष्य १० औं ओभरमा नै पुरा गरेर इतिहास रच्न सफल भए ।

पहिला ब्याटिङ गर्दा लखनऊ सुपर जाइन्ट्सले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र जोडेको थियो । ओपनर क्विन्टन डी कक २ रन बनाएर सुरुमै आउट भए भने मार्कस स्टोइनिस ३ रन बनाएर आउट भए । यी दुवै ब्याट्सम्यानलाई भुवनेश्वर कुमारले पभेलियन पठाए । कप्तान राहुलले मध्यक्रममा सुस्त पारी खेल्दै ३३ बलमा २९ रन मात्र बनाए । राहुलको महत्वपूर्ण विकेट प्याट कमिन्सले लिए । यसपछि २४ रनमा ब्याटिङ गरिरहेका क्रुणाल पाण्ड्या रनआउट भए । एक समय लखनउले ६६ रनमा ४ विकेट गुमाएको थियो भने आयुष बडोनी र निकोलस पुरनले ५औं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।

निकोलस पूरनले २६ बलमा ६ चौका र १ छक्का सहित ४८ रन बनाए भने आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रनको महत्वपूर्ण इनिङ खेले । यी दुई ब्याट्सम्यानबीच ९९ रनको उत्कृष्ट साझेदारी थियो । निर्धारित ओभरमा लखनऊले ४ विकेटको नोक्सानीमा १६५ रन बनायो । सनराइजर्स हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्सले एक विकेट लिए ।

१६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेड र अभिषेक शर्माले तुफानी पारि खेले । पावरप्लेको पहिलो ६ ओभरमा दुवै ब्याट्सम्यानले १०७ रन बनाएका थिए भने लक्ष्य ९.४ ओभरमा पुरा भएको थियो । अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का सहित ७५ रन बनाए । अर्को छेउमा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाए । हेडले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे । हेड र अभिषेकको अगाडि लखनउका सबै बलर प्रभावहीन साबित भएका थिए । आइपीएलमा आज राति पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेंग्लुरु आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरुहुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार