मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु : अर्थमन्त्री

Ujyalosandeshonline 11768+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए । 

उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस त्यसले लोकप्रिय र राम्रो बजेट ल्याउछ भन्ने एउटा मानक बनेको छ । यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु । मैले लोकप्रिय हुनु पर्छ, के गर्दा भइएला, कस्तो कार्यक्रमको छनोट गर्दा लोकप्रिय भइएला भन्ने कुरामा होईन के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापन गर्न सकिएला, प्रभावकारी तरिकाले खर्च व्यवस्थापन गर्न सकिएला भन्ने तर्फ बढि केन्द्रीत भएको छु ।’

यस्तै, उनले  एमाले पृष्ठभूमिको अर्थमन्त्रीले बजेट बनाउदा लोकप्रिय मात्र होईन, अनुशासित बजेट पनि बनाउन सक्छ भन्ने कुरा स्थापित गर्ने तर्फ पनि बढि केन्द्रीत भएको बताए । बजेट निर्माण गर्दा अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने जस्ता जिम्मेवारीहरु भएको भन्दै सोही जिम्मेवारी र सिमाभित्रबाट बजेट निर्माण गर्ने कोशिस गरेको पनि उनको भनाई छ । 

उनले भने, ‘आर्थिक वर्ष २०८२, ८३ को बजेटप्रति आएका सबै धारणाको सम्मान गर्न चाहान्छु । आलोचना र बजेटको पक्षमा आएको विचार दुवैप्रति मेरो सम्मान छ । बजेट निर्माण गर्दा अर्थमन्त्री अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, सिमाहरुलाई ख्याल गर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने र त्यो स्रोतलाई प्राथमिकताको आधारमा अधिक प्रतिफलयुक्त तरिकाले खर्च गर्ने कुरा तय गर्नुपर्ने जिम्मेवारीहरु थिए र सोही जिम्मेवारी र सिमाभित्रबाट मैले बजेट निर्माण गर्ने कोशिस गरेको हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार