मिटरब्याज पीडितहरूको आन्दोलनमा पूर्वप्रधानमन्त्री खनालको ऐक्यबद्धता (तस्विरसहित)

Ujyalosandeshonline 11139+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले  खनालले आइतबार मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपास गरेका छन् ।

आइतबार मिटरब्याज पीडितको आन्दोलनमा एक्यबद्धता ऐक्यबद्धता जनाउँदै  मिटरब्याज पीडितका माग पुरा गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले त्यसका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले मिटरव्यज पीडितले न्यायपूर्ण संघर्ष थालेको २७ दिन बित्दा पनि सरकारले केही गर्न नसकेको बताए ।

‘मिटरब्याज पीडित किसानहरूले जुन प्रकारको पीडा भोगिरहेका छन् । त्यो पीडाबाट सरकारे किसानहरूलाई मुक्त गर्न सक्दैन भने यस्तो सरकारको काम छैन’, खनालले भने, ‘सरकारले हजार काम छोडेर किसानहरूका माग सम्बोधन गर्नुपर्छ ।’

नेता खनालले सरकारका साथै यो देशमा थुप्रै कम्युनिस्ट पार्टीहरू रहेको भन्दै कम्युनिस्ट पार्टीहरू यो देशका श्रमजीवी जनताको पार्टी हो या दलाल पुँजीपति वर्गको पार्टी भन्दै भनेर प्रश्न गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार