मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

रोहिणी–४ मा गाउँब्लक जग्गाको नाप नक्सा सुरु

Ujyalosandeshonline 12342+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच जग्गाको नाप नक्सा सुरु गरिएको रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादवले बताए । 

जग्गा नाप नक्सा (नाप जाँच) को शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले वषौदेखि जग्गाको धनी भएर पनि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) नपाएका नागरिकले लालपूर्जा पाउनुपर्ने बताए । उनले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरेअनुसार कामहरु अघि बढाउँदै आएको बताए । उनले नापी कार्यालयबाट खटिएको नापी टोलीलाई साथ र सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरे ।

अध्यक्ष यादवले भने, ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै छ । यो समस्या क्रमशः समाधान हुँदैछ ।’ उनका अनुसार २०८१ असोज २० गते रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको थियो । उक्त दिन ४ सय ५० वटा लालपूर्जा वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार