मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

शुक्रबार भैरहवामा सडक खाना महोत्सव, सबै तयारी पुरा

Ujyalosandeshonline 12196+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

भैरहवा । ४५ औ विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपालको आयोजनामा भैरहवामा २ दिने सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले संस्था स्थापनाको १८ औ स्थापन दिवस एवम ४५औं विश्व पर्यटन दिवस संगै सडक महोत्सवको आयोजना गरिएको बताए । 

सेप्टेम्बर २७ र २८ तारेख भैरहवा खाना महोत्सव तथा सांगितिक साँझ–२०८१ आयोजना गरिएको उनले बताए । कार्यक्रममा ५० बढी स्तरिय होटलहरुको स्टल रहने उनले जानकारी गराए  । “पर्यटन दिवसमा सीमामा गएर पर्यटकलाई स्वागत गर्ने पराम्परागत तरिकाबाट अलि माथी उठेर यो पृथक कार्यक्रम ल्याएको छौं ।” श्रेष्ठले भने “यसले यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्ने हाम्रो उद्देश्य हो ।”

कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने उनले जानकारी दिए ।

महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहेको कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए  । कार्यक्रममा पहिलो दिन दुर्गेश थापा, एलिना चौहान, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली र वैन्ड–लाइभको प्रस्तुति रहने छ । यस्तै दोश्रो दिन तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्की लगायतको प्रस्तुती रहने खरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार