मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

चितवनमा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप सुरु

Ujyalosandeshonline 12552+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

चितवन । चितवनको भरतपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी भएको छ । 

भरतपुरले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भरतपुरले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ७ विकेटको क्षतिमा एक सय ४४ रन मात्रै बनाउन सक्यो । 

उसका लागि शुभ कंसकारले ८८ रनको विस्फोटक अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रविन जोशीले २० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भरतपुर मेयर्स ११ का लागि सौगात ढकालले ४, दिपेश श्रेष्ठले २ र गौतम केसीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भरतपुर मेयर्स ११ ले ८ विकेटको क्षतिमा १५२ रनको बनाएको थियो । एक समय निकै खराब अवस्थामा रहेको भरतपुरलाई कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले विस्फोटक पारी खेल्दै सम्मानजनक अवस्थामा पु¥याएका थिए । 

गौतमले १५ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३४ रन बनाएर रामनरेश गिरीबाट बोल्ड आउट भए भने दिपेशले २३ बलमा २९ रन बनाए । प्रतीक श्रेष्ठले २० रन बनाए ।

बागमतीका लागि रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ र मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान एक–एक विकेट लिए ।

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुई क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको खेल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार