मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

विदेशीहरुसँग लम्पसार पर्ने प्रवृत्ति बढ्यो : अध्यक्ष नेपाल

Ujyalosandeshonline 12548+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले विदेशीहरुसामु लम्पसार पर्ने प्रवृत्ति हावी भएको बताएका छन् ।

एकीकृत समाजवादी निकट विद्यार्थीहरुको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितको रक्षा गर्ने कुरामा जति संवेदनशील हुनुपर्ने त्यति नभएको भन्दै अहिले विदेशीहरुसामु लम्पसार पर्ने प्रवृत्ति हावी भएको बताएका हुन् ।

उनले भने,‘अहिले हामी देखिरहेको छौं । विदेशीहरुसामु लम्पसार पर्ने अर्को प्रवृत्ति देखिएको छ । राष्ट्रिय हितको रक्षा गर्ने कुरामा जति संवेदनशील हुनुपर्ने त्यति संवेदनशिलता नभएको पनि पाइएको छ । यस्तो लम्पसार पर्ने प्रवृत्तिप्रति हामी सजक हुनुपर्छ । ’

उनले पहिला पनि नेपाली कांगे्रसलाई देशभक्त शक्तिको रुपमा मानिसले लिन नसकेको र अझै पनि त्यसबारेमा गम्भीर प्रश्न उठ्ने गरेको साथै विदेशीहरुको दलाली, चाकडी गर्ने आरोप लाग्ने गरेको टिप्पण गरे ।

अध्यक्ष नेपालले गठबन्धनमा पार्टीको तर्फबाट जति सक्रियता हुनुपर्दथ्यो त्यो नभएकाले समानुपातिकको मत पर्याप्त पाउन नसकेको बताए । अबका दिनमा अरुको भरोसा गरेर चल्ने भन्दा पनि आफ्नो शक्ति निर्माणमा जोड दिने उनको अठोट छ ।

उनले यहि फागुन ७ गतेदेखि हुने अभियानका लागि भित्रभित्रै विभिन्न गतिविधि भइररहेको भन्दै त्यसको पूरा जानकार राख्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार