मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

Ujyalosandeshonline 11768+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा २१३ जना नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन सुडानर्फ प्रस्थान गरेका हुन् ।

मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

त्यस्तै, संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ युनाइटेड नेशन एसिसटेन्स मिसन फर इराक(यूएनएएमआइ) मा कार्यरत गार्ड यूनिटलाई बदली गर्न मिति २०८१ माघ ०९ गते प्रमुख सेनानी  हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

त्यस्तै माघ १० गते उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार