मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

गाल्बालाई व्यवस्थित पहाडी बजार र नागीलाई एकीकृत आवास क्षेत्र बनाइने

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

रामेछाप । रामेछापको गाल्बालाई व्यवस्थित पहाडी बजार र नागीलाई एकीकृत आवास क्षेत्र बनाउने प्रस्ताव सरकारले अघि सारेको छ । रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाको सिमाना र खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिका छिर्ने प्रमुख नाकाको रूपमा रहेको गाल्बालाई व्यवस्थित पहाडी बजार बनाउने योजना वाग्मती प्रदेश सरकारले अघि बढाएको हो ।

त्यसका लागि सर्वेक्षणको काम सुरु गरिएको वाग्मती प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका इञ्जिनियर मनोज तिमिल्सिनाले जानकारी दिए  । गाल्बालाई व्यवस्थित बजार र गाल्बा नजिकैको नागीलाई एकीकृत व्यवस्थित बस्ती बनाउने सम्भाव्यता अध्ययनको काम सुरु गरिएको उनले बताए ।

त्यसकै लागि ती स्थानको प्रारम्भिक प्राविधिक अध्ययन र स्थानीयसँग छलफल कार्यक्रम भएको उनले जानकारी दिए । छलफलको क्रममा स्थानीयहरू उत्साहित देखिएका तिमिल्सिनाले बताए । यसरी काम गर्दा बस्तीलाई व्यवस्थित र हरेक हिसाबले सुरक्षित बनाइने उनले जानकारी दिए । त्यस्तो बस्तीलाई सबै हिसाबले सुविधा सम्पन्न बनाउने योजना रहेको उनेले सुनाए । 

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ खाँडादेवी गाउँपालिकाको गोगनपानी, माकादुम र गाल्पालाई व्यवस्थित सहर बनाउने योजना गाउँपालिकाको रहेको बताउँछन् । प्रदेश सरकारले तीनवटा पालिकाको केन्द्र गाल्पालाई व्यवस्थित बजार बनाउन लागेकोमा उनले खुसी व्यक्त गरे । 

त्यस्तै ताल्दुङ, धुस्कोट, सुनडाँडालगायतका क्षेत्रका मानिसहरूलाई एकैठाउँमा व्यवस्थित रूपमा राख्न नागीको बस्ती उपयुक्त रहेको उनले बताए ।ताल्दुङ, धुस्कोट, सुनडाँडा लगायतका क्षेत्र बसोबासका हिसाबले जोखिमपूर्ण र भौगोलिक हिसाबले असुरक्षित भएकाले नयाँ बस्ती विकासको योजना अघि सारिएको उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार