मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै

Ujyalosandeshonline 12463+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।बैठकले महत्त्वपूर्ण नियुक्तिदेखि आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार विकाससँग सम्बन्धित २७ वटा निर्णय अनुमोदन गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।

सरकारले वित्तीय अनुशासन कडाइ गर्ने उद्देश्यसहित नगद कारोबारको सीमा तोकेको छ । अब आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि वस्तु वा सेवाको खरिद–बिक्री, भुक्तानी तथा कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू हुनेछ । मन्त्री खरेलका अनुसार यसले आर्थिक सुशासन र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।

बैठकले २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूको परिवारका सदस्यलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । साथै, प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइने पनि निर्णयमा उल्लेख गरिएको छ ।

अर्थतन्त्र र प्रशासनसँग सम्बन्धित विभिन्न निर्णयहरूमा राष्ट्रिय आर्थिक गणना २०८२ कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा आर्थिक मापदण्ड स्वीकृत गरिएको छ । त्यस्तै, भदौ २३–२४ को आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा निजी संरचनाको मूल्याङ्कन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गरिएको छ ।

सरकारले अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ । वैदेशिक सम्बन्धका क्षेत्रमा, आगामी मङ्सिर २२ गते भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने स्वीकृति दिइएको छ ।

न्याय क्षेत्र सुधारका विषयमा, प्रधान न्यायाधीश, सर्वोच्च, उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनका अनुसूचिहरूमा आवश्यक परिमार्जन गर्ने निर्णय भएको छ । त्यसैगरी, नेपाल विशेष सेवा (२०औँ संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ । मानवीय सहयोगअन्तर्गत, श्रीलङ्कामा हालै आएको विनाशकारी बाढी र पहिरोबाट भएको क्षति प्रति सहानुभूति व्यक्त गर्दै नेपाल सरकारले दुई लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार