मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


लुम्बिनी राष्ट्रिय महोत्सवमा निशुल्क माटोको परिक्षण

Ujyalosandeshonline 10783+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

भैरहवा । मंसिर २० गते देखि भैरहवामा आयोजना हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा ग्रामीण क्षेत्रका कृषकलाई लक्षित गरि विशष स्टल राखिने मेला आयोजकले बताएको छ । भैरहवा तथा यस आसपास रहेका धकधई, मर्चवार, अमवा लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निशुल्क परिक्षण गरिने भएको हो । 

महोत्सवमा कृषि क्षेत्र भनेर छुट्टै तोकिएको र मेलाकै बिचमा २६, २७ र २८ गते नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निशुल्क परिक्षणको व्यवस्था मिलाईएको महोत्सवका प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले जानकारी दिए । “हामीले अहिले प्रचार प्रसार ग्रामीण क्षेत्रमै केन्द्रित गरेका छौं ।” भण्डारीले भने “कृषकहरु आफ्नो खेती योग्य माटोको परिक्षण गरि कृषि उत्पादनमा अझै सुधार गर्ने अवसर छ ।”

कृषि प्राविधिकहरुले माटोको परिक्षण गरि त्यसको उचित उपचारको विधिबारे जानकारी दिने भएकोले यसबाट यस क्षेत्रका कृषक लाभवान्वित हुन सक्ने भण्डारीको भनाई छ । रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको रहेको संघका सचिव समेत रहेका प्रचारप्रसार संयोजक भण्डारीले बताए । 

मंसिर २० गते देखि पुसको १ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव परिसरमै सचिवालय स्थापन गरि स्टल निर्माण, मञ्च निर्माण, खानेपानी, शौचालय, बिद्युत लगायतको काम धमाधम भईरहेका छन् । मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ । महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने विश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ ।


आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघले महोत्सव आयोजना गरेको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन संघले अहिले तयारीको कामलाई तिव्रता दिएको छ ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए । ‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने, ‘व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हो । जो ब्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययन हो ।’ उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले ब्यापारसम्बन्धी ज्ञान पाउने जनाए ।

अहिले मुलुकको आर्थिक अवस्था दयनीय हुँदा समेत चुनौतीलाई अवसरमा बदल्नका लागि आफूहरुले ब्यापार मेलामार्फत् केही अवसरहरु सिर्जना गर्न खोजेको संघले जनाएको छ । ‘उद्योगी–ब्यवसायीको आर्थिक अवस्था दयनीय भएकाले मेला–महोत्सव आयोजना गर्नका लागि अहिलेको परिस्थिति अनुकुल थिएन । तर, स्थानीय व्यवसाय प्रबद्र्धनका लागिे महोत्सव एक विकल्प हुनसक्छ भनेर हामीले महोत्सव आयोजना गरेका हौं’, संघका कोषाध्यक्ष कमलप्रसाद मरासिनीले भने, ‘महोत्सव सकिँदा बजारमा केही मात्रामा साकारात्मक संचार पैदा गर्छ भन्ने विश्वास लिएका छौं ।’

उनले मन्दीका कारण हत्तोसाहित भएर बसेका ब्यासायीलाई महोत्सवले थोरै भए पनि राहत दिने बताए । ‘धेरै व्यापारीमा अहिले निराशामात्रै देखिन्छ । तर, महोत्सवमा क्रेता र विक्रेताबीच प्रत्यक्ष भेटघाट हुने भएकाले केही आशा सिर्जना गर्छ । व्यापार हुँदा र उपभोक्तासँग प्रत्येक्ष कुराकानी गर्दा व्यवसायीमा पनि उत्साह हुन्छ भन्ने हाम्रो विश्वास हो’, कोषाध्यक्ष मरासिनीले भने । उनले महोत्सव ब्यापार बृद्धिसँगै एकअर्काबीच समस्याहरु आदानप्रदान गर्ने थलो समेत भएको बताए ।

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको छ । संघले २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजना गर्न सुरु गरेको हो । यसअघि आठौपटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौं महोत्सव पनि सफल र भव्य बनाउने जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार