मुख्य समाचार
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह | उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन | कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन |

दसौं राष्ट्रिय खेलकुद कर्णालीसंगै देशकै ठूलो इभेन्ट : मुख्यमन्त्री

Ujyalosandeshonline 12509+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशसंगै देशको पनि ठूलो इभेन्ट भएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, सरोकारवालालगायतको उपस्थितिमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुदको सन्दर्भमा भएको बैठकमा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । 

उनले तोकिएको मिति नसर्ने गरी राष्ट्रिय खेलकुद आयोजनाको तयारी अगाडि बढाउनु पर्नेमा जोड दिदै सबैले आ–आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नु पर्ने बताए ।

खेलकुद मन्त्री श्रेष्ठले चुनौतीपूर्ण बजेटमा धेरै काम गर्नु पर्ने बाध्यता रहेको बताउदै ढृढ इच्छाशक्ति, समन्वय र सहकार्य राम्रो भयो भने चुनौतीलाई पार गर्न सकिने धारणा व्यक्त गरे ।

सदस्य–सचिव टंकलाल घिसिङले विगतको कमीकमजोरीलाई नदोहो¥याउनेमा सचेत रहेको बताउदै कर्णाली प्रदेशको अपनत्व भएको छ भन्ने गरी सन्देश दिन जरुरी रहेको बताए । सदस्य–सचिव घिसिङले १० औं राष्ट्रिय खेलकुदका लागि केन्द्रबाट भएका प्रगति बारे प्रकाश पारेका थिए ।

खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले संघीय मन्त्रालयको जिम्मेवारी पूरा गर्न खेलकुद मन्त्रालय गम्भीर र प्रतिबद्ध रहेको बताए ।सोमबारै खेलकुद मन्त्री श्रेष्ठ र सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन पनि गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार